
काठमाडौं ।
लियोस्क्वाड भर्चुअल वर्क स्पेश शुक्रबार सार्वजनिक भएको छ। हाल चलिरहेको कोरोना महामारीका कारण धेरै मानिसहरु सुरक्षित तवरले काम सम्पन्न गर्न ‘वर्क फ्रम होम’ अंगाल्न बाध्य भएका छन्।
यस्तो विषम परिस्थितिमा पूर्ण रुपमा काम गर्ने र हाल बजारमा उपलब्ध सबै प्रकारका सफ्टवयरमा भएका फिचरयुक्त लियोस्क्वाडजस्तो भर्चुअल वर्क स्पेश बजारमा उपलब्ध हुनु वर्क स्पेश खोज्नेहरुका लागि निकै लाभदायक हुने कम्पनीको दावी छ।
भोतिक कार्यस्थलको तुलनामा लियोस्क्वाड सस्तो पनि रहेको छ। एनालग इंकले बजारमा ल्याएको यो आईएसओ/आईईसी १७७८८: २०१४ सर्टिफाइड रहेको छ।
यस भर्चुअल वर्कस्पेशले अफिसका लागि स्थान भाडामा दिने, कर्मचारीको बस्ने खाने खर्चको व्यवस्थापन तथा सरसामान किन्ने लगायतका सेवा प्रदान गरेर संस्थाहरुको समय र खर्चको बचत गर्दछ।
लियोस्क्वाडको ड्याशबोर्ड नै यूजरको वर्कस्पेश हो जहाँ विभिन्न विभाग, कर्मचारी, जागिर तथा ग्राहकहरु उपलब्ध हुन्छन्।
लियोस्क्वाड एउटा क्रान्तिकारी उत्पादन हो। यसमा रहेका फिचर र मूल्य तुलना गर्दा यो उत्पादक र कम खर्चिलो सावित हुन्छ। लियोस्क्वाड कर्मचारी कर व्यवसायी दुवैले घरैबाट आरामले काम सम्पन्न गर्न सक्नेगरी डिजाइन गरिएको छ।
यो सफ्टवयरको मुख्य उद्देश्य देशमा वर्कस्पेशलाई उत्पादक र प्रभावकारी बनाएर व्यवसायिकताको विकास गर्नु हो। यसमा भर्चुअल सिग्नेचरदेखि जूम कलसम्मको सुविधा छ।
कम्पनीले शुरुवाती १०० ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ।
प्रकाशित: ४ असार २०७८, शुक्रबार