
काठमाडौं ।
यदि तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, तपाईँलाई स्मार्टफोन कसरी चार्ज गर्ने भनेर थाहा हुनुपर्दछ। के तपाईँलाई थाहा छ गलत तरिकाले चार्ज गर्दा तपाईंको फोनको ब्याट्री बिगार्न सक्छ ? हामी तपाईँलाई आज चार्ज गर्ने सही तरिका बताउँछौं।
रातभर स्मार्टफोन चार्ज नगर्नुहोस्
धेरै मानिसहरूले आफ्नो स्मार्टफोन सुतेको बेला चार्जमा राख्छन् र बिहान बाहिर निकाल्छन्। तर अधिक चार्जिङ्गले तपाईँको डिभाइसलाई तातो बनाउनन सक्छ र लामो समयसम्म त्यसो गर्नाले ब्याट्री नोक्सान हुन सक्छ। त्यसो नगर्नुहोस्।
खराब स्तरको चार्जर प्रयोग नगर्नुहोस्
धेरै व्यक्तिले आफ्नो स्मार्टफोन कुनै पनि चार्जरबाट चार्ज गर्न सुरू गर्दछन् जसले तपाईंको फोनको ब्याट्री बिगार्न सक्छ। ध्यानमा राख्नुहोस् खराब गुणस्तरको चार्जरले ब्याट्री ब्याकअपमा गम्भीर प्रभाव पार्न सक्छ। त्यसैले जहिले पनि सक्कली र कम्पनीकै चार्जर प्रयोग गर्नुहोस्।
चार्जमा हुँदा फोन प्रयोग नगर्नुहोस्
चार्जमा राखेको बेलामा स्मार्टफोन प्रयोग गर्नु हुँदैन। यसले तपाईँको फोनको ब्याट्रीमा नकरात्मक असर पार्छ। विज्ञहरूका अनुसार चार्ज हुने बेलामा गेम पनि खेल्नु हुँदैन, यसले फोन अति तातो पार्न पनि सक्छ र फोन पड्किने सम्भावना हुन्छ ।
ब्याट्री पूर्ण रूपमा डाउन हुन नदिनुहोस्
धेरै व्यक्तिले एक पटक आफ्नो स्मार्टफोन पूर्ण रूपमा चार्ज गर्दछन् र त्यसपछि यसलाई सम्पूर्ण दिनको लागि प्रयोग गर्दछ। फोनको ब्याट्री नसकिएसम्म तिनीहरू स्मार्टफोन प्रयोग गर्दछन्। त्यसो गर्नाले ब्याट्रीको आयु कम हुन्छ। त्यसकारण फोनलाई एकैपटक फूल चार्ज गरेर प्रयोग गर्नुको सट्टामा, तपाईं आफ्नो फोनलाई दिनमा पटक पटक चार्ज गर्न सक्नुहुन्छ।
प्रकाशित: ४ असार २०७८, शुक्रबार