
काठमाडौं ।
अश्लिल भिडियोहरुको वेबसाइट पोर्नहबको मुख्य कम्पनीमाथि ३० भन्दा बढी महिलाहरूले मुद्दा हालेका छन् । उनीहरूको अफ्नो दूर्व्यवहारयुक्त भिडियोहरु साइटमा राखेको र त्यसले शोषण गरेको आरोप लगाएका छन् ।
महिलाहरू भिडियोहरू उनीहरूको स्वीकृति बिना पोर्नहबमा अपलोड गरिएको बताएका थिए र क्यालिफोर्नियामा त्यसका विरुद्ध मुद्धा दायर गरिएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाको क्यालिफोर्निया मुद्दामा पोर्नहबको माउ कम्पनी माइन्डगीकलाई ‘आपराधिक उद्यम’ चलाएको आरोप लगाईएको छ।
एक विज्ञप्तिमा, पोर्नहबले आरोपहरुलाई ‘एकदम बेतुका, पूर्ण लापरवाह र स्पष्ट रूपमा झूटा’ भएको बताएको छ ।
पोर्नहब निशुल्क प्रयोग गर्न सकिन्छ तर प्रयोगकर्ताहरूले उच्चस्तरका भिडियो स्ट्रिमहरू र थप सामग्रीको लागि मासिक शुल्क तिर्न सक्छन्।
यसको सामग्री अधिकतर यसको आफ्नै समुदायद्वारा अपलोड गरिएको छ र सार्वजनिक रूपमा हेर्न मिल्छ। यद्यपि कम्पनीले अपलोड गरिएको प्रत्येक भिडियो मानविय मोडरेटरद्वारा समीक्षा गरिने दाबी गरेको छ।
पोर्नहबले बीबीसीसँग भन्यो, ‘पोर्नहबले अवैध सामग्रीको लागि शून्य सहिष्णुता राख्दछ र हाम्रो प्लेटफर्ममा सामग्रीको बारेमा गरिएको कुनै गुनासो वा आरोप छानबिन गर्छ।’
अर्कोतर्फ युवती र महिलाहरुको जानकारी बिना नै उनीहरुसहितको भिडियो पोर्नहबमा राखिएकोमा आपत्ति जनाएका छन् ।
स्मरणरहोस् नेपालमा पोर्नहबसहितका अश्लिल साइटहरु सञ्चालन र प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ । त्यस्ता साइटहरु नेपालबाट हेर्न र पहुँच गर्न नसकिने बनाईएको छ ।
प्रकाशित: ४ असार २०७८, शुक्रबार