
काठमाडौं ।
लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अब समाधान हुने भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिन लागेको हो ।
यो लागु भएसंगै यदि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने छन् । हाल पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएको छ । अब भने सिडीएसले ‘फरगट पासवर्ड’ को विकल्प दिन लागेको हो ।
सिडीएसकाका अनुसार लगानीकर्ताहरुका लागि असार महिना भित्रै पासवर्ड रिसेट गर्ने विकल्प खुला गरिने छ ।
पासवर्ड बिर्सिएमा आफ्नो इमेल आइडी उल्लेख गरेर रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने ब्यबस्था सिडीएसले गर्न लागेको हो । यसो भएमा लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफै जुनसुकै समयमा परिवर्तन गर्न सक्ने छन् ।
प्रकाशित: २ असार २०७८, बुधबार