
काठमाडौं ।
काठमाडौं, १ मंसिर । ललितपुर मोबाइल कम्प्लेक्सले छठ पर्वको उपलक्ष्यमा विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा नगद छुट दिने भएको छ । कम्प्लेक्सले अहिले बजारमा हटसेल भईरहेका विभिन्न ब्राण्डेड कम्पनीका स्मार्टफोनहरुमा खरिदकर्ताहरुलाई भारी छुट दिन लागेको जनाएको छ ।
ललितपुरको लगनखेलस्थित कम्प्लेक्सले सूर्य देवताको उपासना गरि मनाउने छठ पर्वको उपलक्ष्यमा हुवावेको वाई सिक्स मोडलको स्मार्टफोन खरिदमा रु १,००० सम्मको नगद छुट दिने छ भने सामसुंगको जे टू स्मार्टफोनको खरिदमा रु १,००० छुट दिने भएको छ । त्यसैगरी कम्प्लेक्समा सोनीका कुनैपनि स्मार्टफोन खरिदगर्दा रु १,००० सम्मको नगद छुट पाइने छ भने लाभा, माइक्रोसफ्ट, सेलकोन तथा डिटीसी ब्राण्डका स्मार्टफोनहरु खरिद गर्दा रु १,०००(एकहजार) देखि रु ३,००० (तीन हजार)सम्मको छुट प्राप्त गर्न सकिने कम्प्लेक्सले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।
नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम रहेको कम्प्लेक्समा पुरानो मोबाइल एक्सचेन्ज गरेर नयाँ मोबाइल खरिद गर्नसक्ने सुविधा पनि प्रदान गरिरहेको छ । त्यस्तै उपभोक्ताहरुले एकै छानामुनी विभिन्न ४० भन्दा बढि मोबाइल शोरुमबाट आफुलाई मनपरेको मोबाइल फोन खरिद गर्नसक्नेछन भने कुनैपनि फोनको मूल्यको ग्यारेण्टी गरिएको बताईएको छ ।
कम्प्लेक्समा हालै भित्रिएका सामसुंगको जे टू र जे वान एस स्मार्टफोन, हुवावेको जी सेभेन प्लस र वाई सिक्स, लाभाको एक्स एट क्यू, डिटिसीको टर्च, माइक्रोसफ्टको ६४० एक्सएल, सोनीको ई४ लगायत अन्य कम्पनीका नयाँ मोडलका फोनहरु उपलब्ध छन् । कम्प्लेक्सले सामसुंग, हुवावे, लाभा, डिटिसी, कलर्स, सोनी, इन्टेक्स, जियोनी, पानासोनिक, माइक्रोसफ्टजस्ता ब्राण्डेड फोनहरुको नयाँ मोडल सूपथ मूल्यमा बिक्री गरिरहेको जनाएको छ ।
प्रकाशित: १ मंसिर २०७२, मंगलवार