एप्पल र गुगलमाथि बजारमा द्वयधिकारको आरोपमा बेलायतको नियमनकारीद्धारा छानिबन शुरु

  • Technology Khabar | २ असार २०७८, बुधबार
एप्पल र गुगलमाथि बजारमा द्वयधिकारको आरोपमा बेलायतको नियमनकारीद्धारा छानिबन शुरु

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले मोबाइल इकोसिस्टममा एप्पल र गुगलको ‘डुओपोली’ अर्थात द्वयधिकार गरेको बारेमा अनुसन्धान गर्ने घोषणा गरेको छ । जापानमा यस्तै खोजी अनुसन्धान शुरू भएको एक दिनपछि बेलायले पनि सोही प्रकारको अनुसन्धान गर्ने बताएको हो ।

सीएमएले एप्पल र गुगलको ‘प्रभावकारी डुओपोलि’ मा आईओएस र एन्ड्रोइड, एप स्टोर र गुगल प्ले स्टोर, र सफारी र क्रोम जस्ता वेब ब्राउजर सहित अपरेटिङ्ग सिस्टमको आपूर्तिमा ध्यान दिनेछ।

विभागले मोबाइल इकोसिस्टम लाई गेटवेका रूपमा परिभाषित गरेको छ ‘जसको माध्यमबाट उपभोक्ताहरूले विभिन्न उत्पादनहरू, सामग्री र सेवाहरू पहुँच गर्न सक्दछन् ।’ यसको अर्थ अनुसन्धानले सेवा र उत्पादनहरूको दायरालाई समेत समेट्नेछ।

‘सीएमए चिन्तित छ यसले सेक्टरमा नवप्रवर्तन कम गर्न र उपभोक्ताहरूले उपकरण र एपका लागि उच्च मूल्य तिर्ने, वा वस्तुको उच्च विज्ञापन मूल्यका कारण अन्य वस्तु र सेवाहरूको लागत बढ्न सक्छ,’ अधिकारीले भने।

यस घोषणाले विशेष गरी दुई टेक कम्पनीहरू मध्ये कुनै एकको अन्य व्यवसायमाथि बजार शक्ति छ कि छैन भन्ने प्रश्नलाई पनि उजागर गर्नेछ जसमा एप विकासकर्ताहरूसहित बारे अध्ययन हुनेछ, जुन उनीहरूको एप स्टोरहरूमा निर्भर छन्।

यसअघि नै बेलायतमा एप्पलको एप स्टोरमाथि प्रतिस्पर्धा विरोधी अनुसन्धान भईरहेको छ ।

प्रकाशित: २ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार