
काठमाडौं ।
अलिबाबा ग्रुप होल्डिंगका संस्थापक ज्याक मा कम चर्चामा रहेको तथा उनको रुचि र परोपकारमा ध्यान केन्द्रित गरिरहेको चिनियाँ ईवाणिज्य कम्पनीका कार्यकारी उपाध्यक्ष तथा सह संस्थापक जो साईले मंगलबार सीएनबीसीलाई बताएका छन् ।
गत वर्ष चीनको नियामक प्रणाली माथि माको आलोचना पछि बेइजिङ्गले गर्दा कम्पनीमा ठूलो गिरावट आएको छ, जसबाट वित्तीय सम्बद्ध एन्ट ग्रुपको ३७ अर्ब डलरको सार्वजनिक शेयर प्रस्ताव रोकिएको थियो र एन्ट ग्रुपको पुनर्संरचनाको काम भयो।
मा, चीनको सबैभन्दा प्रसिद्ध उद्यमी, धेरै हदसम्म सो समयावधिपछि सार्वजनिक दृष्टिकोणबाट बाहिर छन् ।
‘उनी कम चर्चामा बसेका छन्, म उनीसँग हरेक दिन कुरा गर्छु,’ जो साई, अलिबाबाका कार्यकारी उपाध्यक्षले सीएनबीसीको एक अन्तर्वार्तामा मंगलबार भने, ‘ऊनी वास्तवमै धेरै गर्दै छन्, धेरै राम्रो गरी। उनले चित्रकलालाई एउटा शौखको रूपमा लिएका छन्, वास्तवमा यो एकदम राम्रो छ।’
मा ले गत अक्टोबरमा चीनको वित्तीय नियामक निकायको विरुद्धमा बोलेका थिए । त्यसपछि उनी लाइमलाइटबाट बाहिर रहेका थिए ।
नियामक निकायले अलिबाबा ग्रुपमाथि छानबिन गर्दै गएको अप्रिलमा कम्पनीलाई २.८ अर्ब डलर जरिवाना गरेको थियो ।
साईले अन्तरवार्तामा सो जरिवानाबाट कम्पनी धेरै अगाडी बढिसकेको बताएका छन् ।
प्रकाशित: २ असार २०७८, बुधबार