
काठमाडौं ।
नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम चैतमहिना भन्दा वैशाख महिनामा धेरै घटेको छ।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ७ लाख ४३ हजार ५११ रहेको छ।
यो संख्या एक महिना अघि अर्थात् फागुन मसान्तको तुलनामा ७ लाख २१ हजार ७४६ ले घटी हो। चैत मसान्तसम्म यो संख्या १ करोड १४ लाख ६५ हजार २५७ रहेको थियो।
सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको आकलन गर्न सकिन्छ।
कारोबार संख्या घटेसँगै कारोबार रकममा पनि कमी आउनु स्वाभाविकै हो।
चैत सान्तसम्ममा मोबाइल वालेटमार्फत् ११ अर्ब २ करोड १० लाख रुपैयाँको कारोबार भएकोमा वैशाख मसान्तसम्ममा यो रकम घटेर १० अर्ब १० करोड ६० लाख रुपैयाँमा झरेको छ। यो रकम अघिल्लो महिनाको भन्दा ९१ करोड ५० लाख रुपैयाँले घटी हो।
प्रकाशित: २ असार २०७८, बुधबार