लकडाउनका बीच मोबाइल बैंकिङ सेवामार्फत साढे २३ करोड रुपैयाँको कारोबार

  • Technology Khabar | २ असार २०७८, बुधबार
लकडाउनका बीच मोबाइल बैंकिङ सेवामार्फत साढे २३ करोड रुपैयाँको कारोबार
सांकेतिक

काठमाडौं ।

नेपालमा वैशाख मसान्तसम्म मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ४८ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड १६ लाख १६ हजार ५६६ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् चैत मसान्तको तुलनामा ५ लाख ६९ हजार ९२ ले बढी हो। चैत मसान्तसम्ममा यो संख्या १ करोड १० लाख ४७ हजार ४७४ थियो।

कारोबार संख्या बढेसँगै कारोबार रकम पनि स्वाभाविक रुपमा बढेको छ।

चैत मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार भएकोमा एक महिनापछि अर्थात् २०७८ वैशाख मसान्तसम्ममा यो रकम बढेर ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो रकम चैत मसान्तको भन्दा २३ करोड ५० लाख रुपैयाँले बढी हो।

प्रकाशित: २ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...