कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या वैशाख महिनामा झण्डै २ लाखले घट्यो

  • Technology Khabar | १ असार २०७८, मंगलवार
कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या वैशाख महिनामा झण्डै २ लाखले घट्यो

काठमाडौं ।

नेपालमा वैशाखभरी कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या अघिल्लो महिनाभन्दा १ लाख ९४ हजार ९१४ ले घटेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार वैशाख मसान्तसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १८ लाख ४३ हजार ५५१ रहेको छ।

यो संख्या एक महिना अघि अर्थात्  चैतमसान्तसम्मको तुलनामा १ लाख ९४ हजार ९१४ ले घटी हो। चैत मसान्तसम्ममा यो संख्या २० लाख ३८ हजार ४६५ थियो।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा घटेको छ।

चैत मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैयाँको कारोबार भएकोमा २०७८ वैशाख मसान्तसम्म आइपुग्दा यो रकम घटेर १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँमा झरेको छ। यो रकम अघिल्लो महिनाको भन्दा ५३ करोड १० लाख करोड रुपैयाँले घटी हो।

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...