एप्पलद्वारा इलेक्ट्रिक कार विभागका लागि बीएमडब्लूका पूर्व वरिष्ठ अधिकारी अनुबन्ध

  • Technology Khabar | २८ जेष्ठ २०७८, शुक्रबार
एप्पलद्वारा इलेक्ट्रिक कार विभागका लागि बीएमडब्लूका पूर्व वरिष्ठ अधिकारी अनुबन्ध

काठमाडौं ।

एप्पलले बीएमडब्लूको विद्युतीय कार विभागका पूर्व वरिष्ठ अधिकारी अल्रिच क्रान्जलाई  अनुबन्ध  गरेको छ। उनको अनुबन्धले टेस्लासँग प्रतिस्पर्धामा जाने गरी एप्पल विद्युतीय कारका क्षेत्रमा अघि बढ्ने पक्का भएकव छ।

होन्डाइले यसै वर्षको शुरुवातमा एप्पलसँग मिलेर विद्युतीय कार बनाउने विषयमा छलफल भइरहेको बताए पनि पछि कुरा अगाडि बढ्न सकेको थिएन।

एप्पल आफैंले विद्यीय कार बनाउने बारे पक्का नगरे पनि यसै क्षेत्रका विज्ञलाई अनुबन्ध गरेको र क्यालिफोर्नियामा स्वचालित सफ्टवयरको परीक्षण पनि गरेको छ।

सन् २०१८ मा एप्पलले टेस्लाको मोडल ३ मा काम गरेका डग फिल्डलाई अनुबन्ध गरेको थियो।

आपूर्ति श्रृङ्खला, ब्याट्री प्रविधि तथा युजर अनुभवमा रहेको विज्ञताका कारण एप्पलले विद्युतीय कार उत्पादन गरेमा अहिले रहेका उत्पादकहरुलाई टक्कर दिन सक्ने देखिएको छ। एप्पलको कार परियोजना पछिल्लो पटक २०१९ मा गरी पटकपटक पुनर्संरचना हुँदै आएको छ।

कम्पनीले स्पेशल प्रोजेक्ट ग्रुप नाम गरेको आफ्नो कार परियोजनामा काम गर्ने/नगर्ने बताएको छैन।

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २८ जेष्ठ २०७८, शुक्रबार