दुई ओटा क्यामरा र हार्ट रेट मनिटरसहितको आफ्नै स्मार्टवाच ल्याउने तयारीमा फेसबुक

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
दुई ओटा क्यामरा र हार्ट रेट मनिटरसहितको आफ्नै स्मार्टवाच ल्याउने तयारीमा फेसबुक

काठमाडौं ।

फेसबुकले आगामी गृष्मऋतुसम्ममा आफ्नै स्मार्टवाच सार्जवजनिक गर्ने योजना बनाएको छ।

यसका बारेमा कम्पनी आफैंले कुनै आधिकारिक धारणा बाहिर ल्याइनसके पनि अर्को वर्ष दुई ओटा क्यामरा र हार्ट रेट मनिटरयुक्त स्मार्टवाचको तयारी भइरहेको बुझिएको छ।

यो डिभाइसमा रहेका दुई क्यामराले फोटो/भिडियो खिच्नका लागि यसलाई नाडीबाट उतार्न सकिनेछ भने खिचिएका सामग्रीलाई डिभाइसबाटै इन्स्टाग्राम लगायत फेसबुकका एपहरुमा शेयर गर्न सकिनेछ।

यसको डिस्प्लेमा रहेको एउटा १०८० पिक्सेलको अटो फोकस क्यामरा भिडियो कलिङका लागि हुनेछ भने पछाडि रहेको क्यामरा भने नाडीबाट निकालेर फोटो/भिडियो खिच्नका लागि प्रयोग हुनेछ।

फेसबुकले ब्याकप्याकजस्ता सामग्रीमा क्यामरा अड्याउनका लागि आवश्यक सामग्री बनाउन विभिन्न निर्माताहरुसँग छलफल गरिरहेको बुझिएको छ।

सीईओ मार्क जुकरबर्गले यसो गर्नुको कारण फेसबुक वाचलाई मानिसहरुले स्मार्टफोन झैं प्रयोग गरुन् भन्ने उद्देश्य रहेको बताएङ्का छन्। उनले एप्पल र सामसङको एकछत्र राज तोड्न अरु धेरै कन्जुमर डिभाइस बनाउने योजना रहेकफ पनि खुलासा गरेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...