लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेश बनाईने, ब्लकचेन र स्मार्ट कन्ट्र्याक्टको उपयोग गरिने

  • Technology Khabar | २६ जेष्ठ २०७८, बुधबार
लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेश बनाईने, ब्लकचेन र स्मार्ट कन्ट्र्याक्टको उपयोग गरिने

काठमाडौं ।

लुम्बिनी प्रदेशले सूचना प्रविधिको अधिक उपयोग गर्ने उद्धेश्यका साथ डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउने भएको छ । हालै लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल प्रदेश बनाउने अभियानलाई अगाडि बढाउन प्रदेश सरकारका कामकारवाहीलाई सूचना प्रविधिसँग जोडी सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाइने उल्लेख गरिएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रदेश सभाको बैठकमा आ। व। २०७८/७९ को लुम्बिनी प्रदेश सरकारको  नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारबाट प्रदान गरिने अनुदानहरूलाई व्यवस्थित गर्न अनुदान अनुगमन व्यवस्थापन प्रणाली निर्माण गरी कार्यान्वयन गरिने भएकोछ।

प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउनुका साथै सूचना प्रविधि सम्वन्धी क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गरी रोजगारीमा बृद्धि गरिनेछ ।

त्यसैगरि प्रदेश सरकारको आधिकारिक पोर्टल सञ्चालनमा ल्याईने भएको छ भने ब्लकचेन र स्मार्ट कन्ट्र्याक्टको माध्यमद्वारा साना,मझौला तथा स्थानीय कृषक व्यवसायीलाई आवश्यक इ-बजारको व्यवस्था मिलाइनेछ। प्रदेशको आफ्नै भौगोलिक सूचना प्रणाली (जीआईए) को स्थापना गरी एकीकृत रूपमा सूचना व्यवस्थापन गरिनेछ। प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्नको लागि डिजिटल लर्निङ्ग म्यानेजमेन्ट सिस्टम स्थापना गरी लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...