‘वान एक्स वेट’ विज्ञापन हटाउन विज्ञापन बोर्डको आदेश, प्रशारण र प्रबर्द्धन नगर्न चेतावनी

  • Technology Khabar | २३ जेष्ठ २०७८, आईतवार
‘वान एक्स वेट’ विज्ञापन हटाउन विज्ञापन बोर्डको आदेश, प्रशारण र प्रबर्द्धन नगर्न चेतावनी

काठमाडौं ।

विज्ञापन बोर्डले वान एक्स वेट नामक विज्ञापन अबैध भएको भन्दै त्यस्तो विज्ञापन तथा भिडियोहरु तत्काल रोक्न निर्देशन दिएको छ । अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी त्यस्तो विज्ञापन दिई कारोवार भईरहेको जानकारी बोर्डमा प्राप्त हुन आएको भन्दै सबैलाई सचेत गराएको छ ।

विज्ञापन क्षेत्रको नियमनकारी निकायले हालै विभिन्न डिजिटल प्लेटफर्महरुबाट वान एक्स वेट (https://1xbet.com/ ) नामक विज्ञापन प्रकाशन तथा प्रशारण भईरहेको भन्दै सो कार्य विज्ञापन (नियमन गर्ने) ऐनअनुसार अबैध भएको जनाएको हो ।

‘यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्था विपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु वन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन सूचित गरिन्छ,’ आज बोर्डका प्रवक्ता दीपेश लेखकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तो कार्य तत्काल रोक्न भन्दै बोर्डले अवैध कार्य गरीरहेमा कानून बमोजिम कारबाहि गरिने चेतावनी समेत दिएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...