
काठमाडौं ।
अमेरिकाको गुप्तचर संस्था एफबीआईले यूएसए टुडेमा छापिएको एफबीआईका दुई एजेन्टको मृत्युबारेको समाचार पढ्ने सबैको आईपी एड्रेस, फोन नम्बर तथा अन्य विवरण संकलन गरिरहेको छ।
द सपिनाका अनुसार यो एउटा आपराधिक अनुसन्धान सँग सम्बन्धित छ र संस्थाले ३५ निश्चित मिनेटका बिचमा उक्त लेख पढ्नेहरुको विवरण खोजिरहेको हो। तर उक्त संस्थाले कसको बारेमा पत्ता लगाउन खोजेको हो भन्ने चाहिँ प्रस्ट पारेको छैन। यूएसए टुडे उक्त लेखका पाठकहरुको विवरण पठाउने कुरामा संघर्ष गरिरहेको र ब्यूरोले यस्तो जानकारी माग्नु गैर-कानुनी भएको भन्दै आएको छ।
राष्ट्रपति बाइडेनले भर्खरै प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताएकै बेला अचानक यस प्रकारको आदेश आउनाले हामी अचम्ममा पर्यो। यो आदेश न्याय विभागको आफ्नै नियमसँग पनि बाझिने खालको छ। कुनै पनि सञ्चार माध्यमलाई यस्तो बाध्यात्मक आदेश दिनका लागि प्रमाण र परिस्थिति पर्याप्त छैन, ‘यूएसए टुडेका प्रकाशक म्यारिबेल पेरेज वाड्सवर्थले द भर्ज नामक सञ्चार संस्थालाई पठाएको विज्ञप्तिमा उल्लेख छ।’

गएको फेब्रुअरी २ का दिन प्रकाशित उक्त लेख एफबीआई एजेन्टहरुले कुनै बाल याैन दुराचार सम्बन्धी खानतलासी पुर्जी थमाउने क्रममा भएको गोलीकाण्डसँग सम्बन्धित थियो। उक्त गोलीकाण्डमा दुवै एजेन्ट तथा शंकास्पाद व्यक्तिको मृत्यु भएको थियो। एफबीआई विशेष एजेन्टद्वारा दायर गरिएको उजुरीमा उक्त लेख प्रकाशित भएको साँझ ७ बजेर ३ मिनेटदेखि ७ बजेर ३५ मिनेट जाँदासम्म उक्त लेखमा पहुँच राखेका व्यक्ति तथा डिभाइसहरुका बारेमा विस्तृत जानकारी माग गरिएको छ।
एजेन्सीको साथमा
प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार