
काठमाडौं ।
यूरोप, मध्यपूर्व तथा अफ्रिकी क्षेत्रमा यस वर्षको पहिलो त्रैमासमा स्मार्टफोनको बजार कीर्तिमानी हिसाबले उकालो लागेको छ।
यी क्षेत्रमा यो पहिलो तीन महिनामा ९ करोड ३० लाख थान स्मार्टफोन बिक्री भएका छन् जसमा सामसङ र शाओमी अग्रपंक्तिमा रहेका छन्।
आईडीसीको २०२१ को पहिलो त्रैमासको तथ्याङ्क अनुसार यूरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा स्मार्टफोन बजारकीर्तिमानी २०.९ प्रतिशतले वृद्धि भएको छ।
यो समयावधिमा यस क्षेत्रमा स्मार्टफोन बिक्रीबाट ३१ अर्ब ६७ करोड डलर आम्दानी भएको छ जुन अघिल्लो वर्षको यसै अवधिसँग तुलना गर्दा २९ प्रतिशतले बढी हुन आउँछ।
यूरोपमा मात्रै वार्षिक वृद्धिदर ३३ प्रतिशतको देखिएको छ।

यो बजार वृद्धिमा दक्षिण कोरियाली टेक जायन्ट सामसङले यो क्षेत्रमा नेतृत्व गरेको छ भने शाओमी दोस्रो नम्बरमा रहेको छ। सामसङले यो त्रैमासमा ३ लाख ट हजार थान स्मार्टफोन बिक्री गरेर ३२.८ प्रतिशत बजार हिस्सा ओगटेको छ भने यो उक्त कम्पनीको वार्षिक ३४.७ प्रतिशतको वृद्धि हो।
यस्तै चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले यो त्रैमासमा उक्त क्षेत्रमा १ करोड ४४ लाख थान स्मार्टफोन बिक्री गर्दै गत वर्षभन्दा दुई स्थान माथि उक्लिएर दोस्रो स्थानमा आइपुगेको छ। यस क्रममा उसले ट्रान्सन र एप्पललाई पछि पारेको छ।
गत वर्ष शाओमी यो सूचीमा चाैथो नम्बरमा रहेको थियो।
प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार