
काठमाडौं ।
सामाजिक मिडिया प्लेटफर्म ट्विटरले फेरि यसको प्रमाणिकरण कार्यक्रम बन्द रोकेको छ। ट्विटरले ठूलो संख्या प्रमाणिकरण अनुरोधहरू प्राप्त गरीरहेको बताएको छ । जसको कारणले यो सेवा हाल बन्द भइरहेको छ। यस्तो अवस्थामा प्रयोगकर्ताहरूले आफ्नो एकाउन्टमा निलो टिक प्राप्त गर्न केहि समय अझै पर्खनु पर्नेछ।
कम्पनीले ट्विटर प्रमाणित एकाउन्टबाट ट्वीट गरेर भनेको छ, ‘हामी प्रमाणिकरण अनुरोध जारी गर्दैछौं। त्यसकारण, अब हामी अधिक अनुरोधहरू स्वीकार गर्न निषेध गर्दैछौं, हामी सबमिट गरिएका अनुरोधको समीक्षा गर्दछौं। हामी चाँडै नै अनुरोध फेरि खोल्ने छौं।’
वास्तवमा, अधिक प्रमाणिकरण अनुरोधको कारण ट्विटरले यो निर्णय गरेको हो । अब फेरी एक पटक प्रयोगकर्ताहरूले उनीहरूको ट्विटर खातामा निलो चिन्ह प्राप्त गर्न थप समय कुर्नुपर्ने भएको छ।
We’re rolling in verification requests. So we gotta hit pause on accepting any more for now while we review the ones that have been submitted.
We’ll reopen requests soon! (we pinky swear)
— Verified (@verified) May 28, 2021
यसअघि पनि ब्लू टिक मा धेरै विवादहरु आएका थिए र जसले गर्दा ट्विटरले पहिले यो प्रतिबन्धित गरेको थियो।
ट्विटरले करीव पाँच बर्ष पछि प्रमाणिकरण गर्ने कार्य सुरू गरेको हो। कम्पनीले केहि समय रोकेर फेरी यसलाई खोल्ने जनाएको छ ।
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार