
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना अध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई अनलाइनमार्फत कोभिड-१९ खोपको लागि फारम भर्न भनेको छ ।
विश्वविद्यालयले कोभिड १९ महामारीबाट सुरक्षित हुनुपर्ने भन्दै सबैलाई सरकारले व्यवस्था गरेको अनलाइन प्रणालीमार्फत फारम भर्न सबैलाई आग्रह गरेको हो ।
बिगतमा पहिलो र दोस्रो डोजको खापे नपाएका विश्वविद्यालयअन्तरगतका सबै सम्बद्ध व्यक्तिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबपेज https://vaccine.mohp.gov.np/ मा गएर आफ्नो बिबरणहरु भर्न भनेको हो ।
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार