आगामी आर्थिक वर्षमा १३ अर्ब ९७ करोड रुपैयाँ दूरसञ्चार सेवा शुल्क उठाउने सरकारी लक्ष्य

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
आगामी आर्थिक वर्षमा १३ अर्ब ९७ करोड रुपैयाँ दूरसञ्चार सेवा शुल्क उठाउने सरकारी लक्ष्य

काठमाडौं ।

सरकारले आगामी वर्ष २०७८।७९ को बजेटमार्फत दूरसञ्चार सेवा शुल्क १३ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

आज सार्वजनिक बजेटमार्फत सरकारले दूरसञ्चार सेवा शुल्कमा वृद्धि हुने अपेक्षा सहित नयाँ लक्ष्य लिएको हो । चालु आवमा यस्तो रकम उठ्ने अनुमान १३ अर्ब १८ करोड ११ लाख रुपैयाँ रहेको छ ।

यसअघिको आव २०७६।७७ मा भने यस्तो शुल्क ९ अर्ब १० करोड ९१ लाख रुपैयाँ असुल भएको थियो ।

सरकारले चालु आवमा दूरसञ्चार सेवा शुल्क तथा टेलिफोन स्वामत्विको शुल्कमध्ये दूरसञ्चार सेवा शुल्कमा वर्तमान स्रोतबाटै १३ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ भने ४१ करोड ९२ लाख रुपैयाँ कर परिवर्तन तथा प्रशासनिक सुधारबाट असुल गर्ने योजना राखेको छ ।

त्यसैगरि बजेटमार्फत सरकारले टेलिफोन स्वामित्वको शुल्कमा पनि नयाँ लक्ष्य लिएको छ । जसअन्तरगत २ अर्ब १ करोड ७९ लाख रुपैयाँ उठाउनेछ । टेलिफोन स्वामित्व शुल्कअन्तरगत चालु आवमा यसकारले यस्तो शुल्क १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

टेलिफोन स्वामित्वमा हालको स्रोतबाट १ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ भने बाँकी ६ करोड ६ लाख रुपैयाँ सुधारबाट उठ्ने लक्ष्य निर्धारण गरेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार