सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सरकारको लक्ष्य, फोरजी एलटीईका प्रयोगकर्ताहरु दोब्बर पार्ने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सरकारको लक्ष्य, फोरजी एलटीईका प्रयोगकर्ताहरु दोब्बर पार्ने

काठमाडौं ।

सरकारले आगामी आवको बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र बिस्तारमा निकै महत्वाकांक्षि लक्ष्य सार्वजनिक गरेको छ । जसअनुसार सरकारले फोरजी एलटीईको बिस्तार दोब्बर भन्दा बढिले बढाउने योजना लिएको छ।

सरकारले आगामी आवको बजेटमार्फत फोरजी एलटीई प्रयोगकर्ताहरुको संख्या आगामी वर्षमा ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । आज सार्वजनिक गरिएको आगामी वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले हालको प्रयोगकर्ताहरुको २४ प्रतिशतलाई वृद्धि गर्दै ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगतको बजेटमार्फत सरकारले आगामी वर्ष इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पुर्याउने लक्ष्य समेत लिएको छ । हाल यस्तो घनत्व ८५ प्रतिशत रहेकोछ ।

त्यसैगरि मोबाइल टेलिफोनको ग्राहक संख्या प्रति लाखमा ४०० पुर्याउने तयारी रहेको छ यस्तो सख्या हाल ३८९ जना रहेको छ ।मोबाइल ब्रोडब्याण्ड सेवा बिस्तारको लागि भने हालको ६२ प्रतिशतको अवस्थामा सुधार गरेर एकैपटक ७२ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेकोछ ।

सरकारकाअनुसार आगामी आवमा अप्टिकल फाइबर बिस्तार हालको १ लाख २४ हजार किलोमिटरबाट बढेर १ लाख ९१ हजार ७० किलोमिटर पुग्नेछ भने डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशतबाट एकैपटक ९२ प्रतिशत हुनेछ ।

स्थानीय तहको केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ७५३ स्थानमा हुनेछ भने एफटीटीएच सेवाको बिस्तार हालको १३० शहर तथा स्थानहरुबाट बढाएर १५९ स्थान तथा शहरहरुमा पुर्याउने भएको छ ।

त्यसैगरि सरकारी सेवालाई अनलाइन बनाउने योजनामा पनि दोब्बरको लक्ष्य राखेको छ। हाल सरकारी सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने २२ किसिमका सेवाहरुको संख्या रहेकोमा आगामी आर्थिक वर्ष त्यसलाई ४२ वटा पुर्याउनेछ ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार