इन्टरनेट, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने, युटिलिटी करिडोर निर्माण गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७८, शनिबार
इन्टरनेट, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने, युटिलिटी करिडोर निर्माण गरिने
रामशाह पथमा रहेका इन्टरनेट तथा केबल सेवाका तारहरु। फाइल तस्बिर

काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७८।७९ को लागि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत युटिलिटी करिडोर बनाउने बताएका छन् ।

उनले काठमाडौं बुटबललगायतका शहरहरुमा इन्टरनेट, विद्युत, टेलिफोनलगायतका तारहरु भूमिगत गरिने बताए ।

यसको लागि सरकारले युटिलिटी करिडोरमार्फत काम गर्ने बताए । त्यसैगरि यस्ता सेवा प्रदायकहरुले सेवा दिँदा जीआईएस प्रविधिको प्रयोग गरेर मात्र सेवा प्रदान गर्न सक्नेछन् ।

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...