भारतीय कम्पनी टाटा डिजिटलद्धारा अलीबाबाको सपोर्ट रहेको ईकमर्स बिगबास्केटमा लगानी

  • Technology Khabar | १६ जेष्ठ २०७८, आईतवार
भारतीय कम्पनी टाटा डिजिटलद्धारा अलीबाबाको सपोर्ट रहेको ईकमर्स बिगबास्केटमा लगानी

काठमाडौं ।

भारतीय कम्पनी टाटा सन्स प्राइभेट लिमिटेडको टाटा डिजिटल लिमिटेडले अलीबाबाको समर्थनमा रहेको देशको सबैभन्दा ठूलो अनलाइन किराना कम्पनी बिगबास्केटमा ठूलो हिस्सेदारी लिएको छ। टाटा डिजिटल होल्डिङ्ग कम्पनी टाटा सन्सको १०० स्वामित्वको सहायक कम्पनी हो।

यस सम्झौताको साथ टाटा समूहको खुद्रा क्षेत्रमा अमेजन/फ्लिपकार्ट जस्ता कम्पनीहरूसँग सीधा प्रतिस्पर्धा गर्ने मार्ग खाली भयो।

टाटा डिजिटलका सीईओ प्रतिक पालले भने, ‘किरानाका सामानहरू भारतमा व्यक्तिगत उपभोगमा सबैभन्दा ठूलो खर्च हुने गरेको छ। बिग बास्केट, भारतको सबैभन्दा ठूलो ई-किराना कम्पनी हो, ठूलो उपभोक्ता डिजिटल इकोसिस्टम बनाउनको लागि हाम्रो रणनीतिमा पूर्ण रूपमा फिट छ।’

यस सम्झौताको मूल्य खुलाइएको छैन। भारतको प्रतिस्पर्धा आयोगले यसभन्दा अघि मार्चमा टाटा डिजिटलद्वारा बिग बास्केटमा ५४.३ प्रतिशत शेयर अधिग्रहणलाई अनुमोदन गरेको थियो। यस अघि टाटाले अनलाइन किराना विक्रेता कम्पनीमा ८० प्रतिशत शेयर किन्नको लागि वार्ता भइरहेको रिपोर्ट गरिएको थियो।

बिग बास्केट सन् २०११ मा भारतको बेंगलुरुमा स्थापित भएको थियो। भारतको २५ शहरहरूमा यसको उपस्थितिछ। बिग बास्केटका सीईओ हरि मेननले भने, ‘हामी टाटा समूहको सदस्य भएपछि हाम्रो भविष्यका बारे धेरै उत्साहित छौं। टाटा समूहसँग कनेक्ट गरेर, हामी उपभोक्तासँग राम्रोसँग जडान गर्न सक्षम हुनेछौं र अगाडि हाम्रो यात्रामा बढ्न सक्नेछौं।’

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...