
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा सबै स्थानीय तहहरु स्थानीय तहको सञ्चित कोष प्रणाली (शुत्र) मा आवद्ध भएका छन् ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा सबै स्थानीय तहहरु शूत्र प्रणालीमा आवद्ध भएको उल्लेख गरिएको छ ।
त्यसैगरी स्थानीयतहकाे कार्य सम्पादन सहज, सरल, प्रभावकारी बनाउन स्थानीयतहका सेवा सूचना एवं तथ्यांकलाई आम नागरिकले मोबाइल एप्सबाट सहजरुपमा लिन सक्नेव्यवस्था गरिएको छ ।
स्थानीयतहमा सुशासन प्रबद्र्धन गर्न सहयोग पुर्याउने उद्धेश्यले स्थानीयतहका लागि तयार गरिएको कमन मोबाइल एप्स २०७७ फागुनसम्म ६६७ स्थानीयतहका वेबसाइटसँग अन्तरआबद्धता कायम गरी सञ्चालनमा ल्याईएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार