असुसको रोग फोन५ अमेरिकामा उपलब्ध, शुरुवाती मूल्य १ हजार डलर

  • Technology Khabar | १३ जेष्ठ २०७८, बिहीबार
असुसको रोग फोन५ अमेरिकामा उपलब्ध, शुरुवाती मूल्य १ हजार डलर

काठमाडौं ।

असुसले आफ्नो रोग फोन ५ अमेरिकामा बिक्रीका लागि उपलब्ध गराएको छ। अमेरिकामा भएका ग्राहकले अब सोझै असुसको अनलाइन स्टोरबाट यो डिभाइस खरिद गर्न सक्छन्। उक्त स्टोरमा बिक्रीका लागि उपलब्ध यो फोनको शुरुवाती मूल्य १००० डलर तोकिएको छ।

तत्कालका लागि कम्पनीले १६ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भएको भेरियन्ट मात्र बिक्रीमा राखेको छ। यो अनलक्ड भर्सनको र एटीएन्डटी तथा टी मोबाइल र एमभीएनओ नेटवर्क सपोर्ट गर्ने खालको हुने बुझिएको छ।

यो रोग फोन असुसको गेमिङ लाइनअपमा सबैभन्दा नयाँ डिभाइस हो जसमा १४४ हर्ज रिफ्रेश रेटसहितको ६.७८ इन्चको ठूलो एमोलेड डिस्प्ले रहेको छ। यस्तै स्न्यापड्रागनको फ्ल्यागशिप ८८८ चिपसेट तथा ६५ वाट चार्जिङ सपोर्ट भएको ६००० एमएएचको ब्याट्री ब्याकअप दिइएको छ।

यसबाहेक गेमिङ फोन भएकाले यसको पछाडिपट्टि एयर ट्रिगर एरिया तथा आरजीबी लाइट प्यानल पनि राखिएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार