
काठमाडौं ।
आसुसले भारतमा नयाँ भीएम४४१क्यूए एआईओको घोषणा गरेको छ। यो अल–इन–वन पीसी क्वालकम स्न्यापड्रागन एक्स चिपसेटद्वारा संचालित हुने बताइएको छ।
स्लिक ह्वाइट (सेतो) डिजाइन रहेको आसुस भीएम४४१क्यूए एआईओ अगाडिबाट एक पेशेवर मनिटर जस्तो देखिने बताइएको छ। साथै डिभाइसमा टच समर्थनको साथ २३.८–इन्चको ६० हर्ज १०८०पी एन्टी–ग्लेयर डिस्प्ले रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।
डिभाइस भित्र, पहिलो पुस्ताको स्न्यापड्रागन एक्स (सायद केवल आधार एक्स१–२६–१००) ८ कोर र २.९७ गिगाहट्र्जको क्लक प्रिक्वेन्सी भएको चिप समावेश गरिएको छ।
डिभाइसमा एड्रेनो एक्स१–४५ जीपीयू र हेक्सागन ४५टीओपीएस एनपीयू रहेको छ। त्यसैगरी ५१२जीबी वा १टीबी एसएसडी स्टोरेजको विकल्पको साथ १६जीबीको एलपीडीडीआर५एक्स मेमोरी पनि समावेश गरिएको छ।
कनेक्टिभिटीतर्फ, एउटा यूएसबी ३.२ जेन १ टाइप–ए, दूईओटा यूएसबी २.० टाइप–ए, एउटा यूएसबी ३.२ जेन १ टाइप–सी, एउटा एचडीएमआई आउट २.१बी, गिगाबिट इथरनेट र हेडफोन ज्याक उपलब्ध रहेका छन्।
त्यसैगरी ट्राइ–ब्यान्ड वाई–फाई ६ई र ब्लुटुथ ५.३ पनि उपलब्ध रहेको बताइएको छ। साथै डिभाइसमा १०८०पी भिडियो र प्राइभेसी शटर सहितको बिल्ट–इन ५ मेगापिक्सेल क्यामरा, बिल्ट–इन स्पिकर र माइक्रोफोन पनि समावेश गरिएको छ।
भारतमा आसुस भीएम४४१क्यूए एआईओको ५१२जीबी मोडेलको मूल्य १०१,९९० भारतीय रुपैयाँ (१०७० अमेरिकी डलर) र १टीबी मोडेलको मूल्य १११,९९० भारतीय रुपैयाँ (११७५ अमेरिकी डलर) कायम गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८३, शुक्रबार