
काठमाडौं ।
चिनियाँ कम्पनि लेनोभोले हालै लेनोभो योगा प्याड प्रो र अन्य दुई ओटा ट्याब्लेट सार्वजनिक गरेको छ।
यीमध्ये लेनोभो योगा प्याड प्रो सबैभन्दा शक्तिशाली तथा अरुभन्दा बढी मूल्य पर्ने खालको छ। अन्य दुई ओटा भने राम्रो स्पेसिफिकेशन सहित सस्तो मूल्यमा उपलब्ध छन्।
लेनोभो प्याड प्रो २०२१ मा स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ भने यसमा ११.५ इन्चको ९० हर्ज रिफ्रेश रेटसहितको ओएलईडी डिस्प्ले दिइएको छ।
यसको रेजोल्युशन २५६०x१६०० पिक्सेल रहेको छ र यसले डल्बी भिजन र एचडीआर१० सपोर्ट गर्छ।
यसमा ८६०० एमएएचको ब्याट्री दिइएको छ र यसले २० वाटसम्मको पावरका लागि क्विक चार्ज ३.० पनि सपोर्ट गर्छ।
यसमा ६ जीबी र्याम तथा १२८ जीबी यूएफएस ३.१ स्टोरेज दिइएको छ। कनेक्टिभिटीका लागि एउटा ३.१ यूएसबी-सी पोर्ट, एउटा वाइफाइ ६ र ब्लुटूथ ५.१ उपलब्ध छन्। पछाडि १३ तथा अगाडि ८ मेगापिक्सेलको क्यामरा रहेको यो डिभाइसको मूल्य ३९० डलर पर्ने र चीनमा आगामी मे ३१ देखि उपलब्ध हुने बताइएको छ।
यसबाहेक सार्वजनािक भएका अन्य दुई डिभाइसमा लेनोभो प्याड प्लस ११ र लेनोभो प्याड ११ रहेका छन्।
प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार