
काठमाडौं ।
स्टक ब्रोकर एशोसिएसन नेपालले राष्ट्रिय आबिस्कार केन्द्रलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एशोसिएसनमा आवद्ध सबै सदस्य कम्पनीहरुले कोभिडका बिरामीहरुको जीवन बचाउन अक्सिजन, भेन्टिलेटर सहितको आवश्यक सामग्रीको आबिस्कार वा बितरण कार्यमा सहयोग पुर्याउन सो रकम राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको एशोसिएसनले जानकारी दिएकोछ ।
एशोसिएनसले आबिस्कार केन्द्रलाई उपलब्ध गराएको उक्त रकमबाट थोरै मानिसको भएपनि स्वास्थय उपचार तथा जीवन बचाउन सहयोग पुग्ने अपेक्षा संघले गरेको छ ।
साथै संघले केही सामुदायिक अस्पतालहरुलाई पनि कोभिडका बिरामीको उपचारका लागि सहयोग गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।
प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार