
काठमाडौं ।
यस वर्षको गुगल आई/ओ इभेन्ट मंगलबार थुप्रै सेवा तथा फिचरहरुको प्रदर्शनी र घोषणा गरेर सम्पन्न भएको छ।
कम्पनीको माउन्टेन भ्यू क्याम्पसमा सम्पन्न इभेन्टमा निम्न सेवा तथा फिचरहरु प्रदर्शन गरिएका थिए:

इभेन्टमा एन्ड्रोइड १२ लाई मटेरियल यू नाम दिइएको थियो भने यो यूजर, एप तथा बिहान वा दिउँसोको समयअनुसार आफैं यूआईको रंग परिवर्तन हुनेमा केन्द्रित थियो। यसबाहेक क्यामरा तथा माइक्रोफोन प्रयोग गर्दाको सुरक्षा र फोनको नोटिफिकेशन र रिप्लाई एआई प्रक्रियामार्फत व्यवस्थापन गर्ने सुविधा प्रदर्शन गरिएको थियो।
यस बाहेक गुगल स्मार्ट क्यानभासमार्फत् शेयर गरिएको डकुमेन्टमा काम गर्दा भिडियो कल गर्ने सुविधाको जानकारी दिइएको थियो। साथै भ्वाइस सर्च गर्दा यूजरकै जस्तो आवाज होस् भन्ने हेतुले गुगलले ल्याम्डा नामक प्राकृतिक भाषा प्रशोधन प्रविधि सार्वजनिक गर्यो।

साथमा कम्पनीले निर्माण गरेको स्टारलाइन नामक उच्च प्रविधियुक्त थ्रीडी भिडियो कलिङ बूथ देखाइएको थियो जसले गुगलका अघिल्ला अनुसन्धानहरु तथ लिट्रो डीएनएको प्रयोग गरी दुवै तर्फका कलरहरुको ३डी अवतार बनाउने क्षमता राख्दथ्यो।
उक्त इभेन्टमा काम र फलोजस्ता तेस्रो पक्षका स्वास्थ्यसम्बन्धी एपहरुलाई पनि इजाजत दिने गरी वेयरओएसमा फिटबिटका थुप्रै फिचरहरु थपिएका देखाइएको थियो।
![]()
इभेन्टको अर्को रोचक पक्ष भनेको कम्पनीले दक्षिण कोरियाली कम्पनी सामसङसँग मिलेर स्मार्टवाच ब्याण्ड तथा फोल्डेबल फोनमा पनि काम गर्ने सम्झोता भएको घोषणा गरिएको थियो। यसरी आउने डिभाइसहरुमा टाइजेन र वेयरओएस दुवैमा मिल्ले खालका एपहरु प्रयोग हुनेछन् भने यसबाट स्मार्टवाचको क्षेत्रमा एकछत्र राज गरिरहेकोझ एप्पललाई टक्कर दिन सक्ने आकलन गरिएको छ।
साथमा एन्ड्रोइड टीभी एप मासिक रुपमा ८ करोड डिभाइसमा इन्सटल गरिएको तथ्याङ्क पनि देखाइएको थियो। जुन रोकु र अमेजनको जोड्दा पनि ३० करोडले बढी हो। यसै क्रममा फोनमा आधारित रिमोट कन्ट्रोल पनि देखाइएको थियो।

इभेन्टको अर्को आकर्षण भनेको अल्ट्रा वाइड ब्याण्डयुक्त एन्ड्रोइड फोनलाई कारको साँचोको रुपमा प्रयोग गर्न सकिने प्रविधिको प्रदर्शन। कम्पनीले निकट भविष्यमै यस प्रकारको सेवा उपलब्ध गराउने जनाएको छ।
यसैगरी गुगलको भगिनि संस्था भर्टेक्सले संस्थागत एआई प्लेटफर्म निर्माण गरी थुप्रै किसिमका मेशिन लर्निङका साधन तथा सुविधाहरुलाई एउटै छानामुनि ल्याउने जनाइएको छ।
कार्यक्रममा पासवर्ड बिर्सिएको खण्डमा फेरि थाहा पाउन सकिने गुगलबटको बारेमा पनि जानकारी दिइएको थियो। यस्तै डेभलपरहरुका लागि थयार पारिएको यूआई टूलकिटको अत्याधुनिक भर्सन पनि सार्वजनिक गरिएको थियो। यसैगरी चर्चित डेभलपर प्लेटफर्म फायरबेसलाई पनि अपडेट गरेर नयाँ फिचरहरु सार्वजनिक गरिएको थियो।

गुगलको एन्ड्रोइड स्टुडियो इन्भाइरोन्मेन्टको आर्क्टिक फक्स नाम गरेको अत्याधुननिक भर्सन पनि उपलब्ध गराउने भएको छ।
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार