
काठमाडौं ।
अनलाइन इकमर्श जायन्ट अमेजन डटकम इंकले अमेरिकी फिल्म स्टुडियो कम्पनी एमजीएमलाई ९ अर्ब डलरमा खरिद गर्ने तयारी थालेको भेराइटीले जनाएको छ ।
टेक जायन्टले सो कम्पनी किन्नका लागि करिब १ सातादेखि प्रयासरत रहेको बताईएको छ । यस विषयमा जानकार एक व्यक्तिलाई उद्धृत सोमबार भेराइटीको रिपोर्टमा उल्लेख छ ।
अर्कोतर्फ अमेजनले यसलाई ७ अर्बदेखि १० अर्बको बिचमा किन्ने योजना गरेको द इन्फर्मेसनको रिपोर्टमा भनिएको छ ।
‘सम्झौताको मस्यौदा अमेजन स्टुडियो तथा प्राइम भिडियोका वरिष्ठ उपाध्यक्ष माइक हपकिन्स र एमजीएम बोर्डका अध्यक्ष केभिन उल्रिचले संयुक्तरुपमा गरेको बताइएको छ, जसको एन्कोरेज क्यापिटल प्रमुख एमजीएम शेयरलगानीकर्ता हो,’ भेराइटीको रिपोर्टमा भनिएको छ।
एमजीएमको अमेजनमा सम्भावित बिक्रीले टेक कम्पनीले यसको अमेजन प्राइम स्ट्रिमिङ्गलाई विस्तार गर्न संकेत गर्दछ जसमा एमजीएमका साथ ठूला नामका चलचित्रहरू र टिभी कार्यक्रमहरूको विस्तृत सूची छ । ‘जेम्स बन्ड’ फ्रेंचाइजीसँगै एमजीएमसँग फिल्म स्टूडियो, एपिक्स केबल च्यानलको पनि स्वामित्व छ । यसले विभिन्न टिभी कार्यक्रमहरू पनि बनाउँदछ । द हन्डमेड टेल, फार्गो, वाइकिंग्स र शार्क ट्रयाकजस्ता लोकप्रिय कार्यक्रमहरू एमजीएमले नै निर्माण गरेको हो ।
तर सो सम्झौताको बारेमा दुबै कम्पनीहरुले बोलेका छैनन् । एजेन्सी
प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार