ह्वाट्सएपले आफ्नो नीति स्वीकार नगर्ने यूजरको कल र मेसेज ब्लक गर्ने

  • Technology Khabar | ३ जेष्ठ २०७८, सोमबार
ह्वाट्सएपले आफ्नो नीति स्वीकार नगर्ने यूजरको कल र मेसेज ब्लक गर्ने

काठमाडौं ।

ह्वाट्सएपले शनिबारदेखि आफ्नो गोपनीयता नीतिमा कडाइ गरेको छ। जस अनुसार उक्त एपले फेसबुकका अन्य सेवाहरुसँग यसका प्रयोगकर्ताको विवरण साझा गर्न सक्नेछ।

विशेष कुरा भनेको यो नीति स्वीकार नगर्ने प्रयोगकर्ताको कल तथा मेसेज ब्लक गरिएको छ।

उपलब्ध जानकारी अनुसार आफ्नो गोपनीयता नीति स्वीकार नगर्ने प्रयोगकर्ताको आउट गोइङ कल तथा मेसेज मे १५ अर्थात् हिजो शनिबारबाट नै ब्लक गर्न थालिएको छ। तर उनीहरुल् आएका मेसेज तथा कलको उत्तर दिन भने सक्नेछन्।

केही समयपछि कल तथा मेसेजका सबै सुविधा ब्लक गरिने पनि बुझिएको छ।

‘हामीले थुप्रै हप्ता ह्वाट्सएपमा नयाँ नीतिका बारेमा नोटिफिकेशन राख्याैं’, कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘सबैलाई समीक्षाका लागि पर्याप्त समय उपलब्ध गराइसकेपछि पनि अझै हामीले केही समय समीक्षा गर्ने समय दियाैं। केही हप्तापछि प्रयोगकर्ताले पाउने नोटिफिकेशनले उनीहरुलाई नीति मान्न कर लगाउनेछ।’

कम्पनीले गत जनवरीमा आफ्नो नयाँ गोपनीयता नीतिका बारेमा खुलासा गरेको थियो। यो खुलासापछि गपनीयता हनन हुने भन्दै यसलाई नकारात्मक रुपमा लिइयो र भारत लगायत कतिपय ठाउँमा त यसका विरुद्ध उजुरी पनि हालियो। यसै क्रममा यसको म्याद मे १५ सम्म बढाइएको हो।

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ३ जेष्ठ २०७८, सोमबार