विकास बैंकका कर्मचारी वर्क फ्रम होममा, ग्राहकहरुलाई डिजिटल बैंकिङ प्रयोग गर्न आग्रह

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं ।

विकास बैंकहरुले पनि कोरोना अवधिभर थोरै रकमको निक्षेप संकलन नगर्ने र अनलाइन वा डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न भनेका छन् ।

त्यसैगरि प्रधान कार्यालयका कर्मचारीलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होमको माध्यमबाट कार्य गर्ने गराउने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।

डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालले परिस्थिति केहि सहज नभएसम्म साना साना निक्षेप जम्मा नगर्नु भन्ने आदेश दिएसँगै विकास बैंकले ग्राहकहरुको साना निक्षेप संकलन नगर्ने भएका हुन् ।

विकास बैंकहरुले संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोबार गर्न आफ्ना ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्न लगाउनु पर्ने छ ।

संघले सम्भव भएसम्मका कामहरु अनलाईनबाट नै गरी सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई आवश्यकभएमा मात्र कार्यालय बोलाउने व्यवस्था गर्न निर्णय गरेको हो ।

हालै बसेको संस्थाको कार्यसमितिको बैठकले ग्राहक र कर्मचारीको सुरक्षा गर्दै उक्त व्यवस्था अपनाउनु सबै विकास बैंकलाई आग्रह गरेको हो ।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया