अलिबाबालाई जरिवानाको असरः पब्लिक कम्पनी भएपछि पहिलो पटक सञ्चालन घाटा

  • Technology Khabar | ३१ बैशाख २०७८, शुक्रबार
अलिबाबालाई जरिवानाको असरः पब्लिक कम्पनी भएपछि पहिलो पटक सञ्चालन घाटा

काठमाडौं ।

चिनियाँ ईकमर्श जाइन्ट अलिबाबाले पब्लिक कम्पनी भएसँगै आफ्नो वित्तीय चौथो त्रैमासमा पहिलोपटक सञ्चालन घाटा भएको उल्लेख गरेको छ।

गत महिना कम्पनीले सरकारलाई तिर्नुपर्ने भएको एन्टिट्रष्ट बापतको ठूलो जरिवानाले यसको आयलाई असर पारेको बताईएको छ ।

अलिबाबाले सो अवधिमा १८७.३९ अर्ब यूआन राजश्व हासिल गरेको छ जून यसअघिको अनुमानित आय भन्दा धेरै हो भने वार्षिकरुपमा ६४ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

अलीबाबा गएको मार्चको त्रैमासमा ५.४७ अर्ब युआन खुद घाटामा रहेको थियो।

अलीबाबाले आशा राखेका छन कि अन्तिम नतिजाहरुले कम्पनीको हालसालका नियामकहरुसँगको समस्यालाई लिन सक्नेछ। जसमा गएको नोभेम्बरमा यसको वित्तीय टेक्नोलोजी सम्बद्ध समूह एन्ट ग्रुपको ३४।५ अर्ब डलर बराबरको प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने कार्य फिर्ता गरिएको थियो ।

त्यसपछिको चरणमा नियमनकारीहरुले कम्पनीको अनुसन्धान गर्दै १८.२३ अर्ब युआन जरिवाना लगाएका थिए ।

यो पनि हेर्नुस्-

अलिबाबाले ३ खर्ब ३० अर्ब रुपैयाँ जरिवाना रकम स्वीकार गर्ने, परिवर्तनको लागि प्रतिबद्द

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार