मस्कले बिटक्वाइनमा टेस्ला कार नबेच्ने भनेसँगै क्रिप्टो बजारले ३६५.८५ अर्ब डलर गुमायो

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले हालै ट्वीट गरेर इलेक्ट्रिक गाडी निर्माताले बिटक्वाइनमार्फत कार खरीद गर्न दिने सुबिधालाई निलम्बन गरेको घोषणापछि अरबौं डलर क्रिप्टोकरेन्सीको बजार गुमेको छ ।

जतिबेला मस्कले घोषणा गरे त्यसबेला क्वाइनमार्केटक्याप डटकमको डाटाअनुसार सम्पूर्ण क्रिप्टोकरेन्सीहरुको बजार मूल्य २० खर्ब ४३ अर्ब डलर रहेको थियो । तर घोषणाको करिब ३ घण्टा भित्रै बजार पूँजीकरण झन्डै २० खर्ब ५ अर्ब डलरमा झरेको थियो । जसले गर्दा कारोबारीहरुले बजारबाट ३६५.८५ अर्ब डलर गुमाएका थिए ।

तर पछि बजारले केही घाटालाई नियन्त्रण गरिसकेको थियो ।

मस्कको घोषणासँगै बिटक्वाइनको मूल्य लगभग १२% तल झरेर ४९६२४ अमेरिकी डलरमा पुगेको थियो । क्वाइनमार्केटक्याप डटकमका अनुसार यो मूल्य गएको अप्रिल २४ पछि पहिलो पटक ५० हजार डलर भन्दा तल झरेको हो ।

त्यसैगरि अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य पनि तिब्ररुपमा झरेको थियो ।

यो पनि हेर्नुस्-

मूल्य घट्दै गएकाले अब टेस्ला किन्दा बिटक्वाइनमार्फत् भुक्तानी नलिने मस्कको घोषणा

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया