सन् २०२० मा एप्पल एप स्टोरमा आएका १० लाख नयाँ एप अस्वीकृत

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार

काठमाडौं ।

एप्पलले सन् २०२० मा यसको एप स्टोरमा पहिलोपटक पेश गरिएका एपहरुमध्ये लगभग १० लाख एपहरू अस्वीकार गरेको जानकारी दिएको छ ।

यो घोषणाले आईफोन एपहरूलाई कसरी स्वीकृत र अस्वीकार गर्दछ भन्ने विषयमा एप्पल कति पारदर्शि छ भन्ने देखाएको दाबी गरेको छ, जुन हालको एपिक गेम्ससँगको मुद्दाका बिचमा आएको हो ।

एप्पल तर्क गर्दछ कि यससँग यस्तो प्रणाली छ जसमा कम्पनीले स्टोरमा रहेका १८ लाख एप्स र उनीहरूका अपडेटहरू मध्ये प्रत्येकलाई एप स्टोर नियमहरूको लामो सूचीको जाँच गरेर यसले आईफोन प्रयोगकर्ताहरूलाई स्क्यामहरू, मालवेयर र न्यून गुणस्तरको प्रयोगकर्ता अनुभवहरुबाट सुरक्षित राख्न सक्छ।

 एप्पलले २०२० मा भएको एप अस्वीकृति प्रक्रियाको बारेमा धेरै तथ्याङ्कहरू प्रस्तुत गरेको थियो ।

जसमा कम्पनीले १० लाख एपहरुको अपडेटलाई समेत अस्वीकृत गरिएको बताएकोछ । त्यसैगरि १ लाख ५० हजार एपहरु स्क्याम वा नक्कल गरिएका भेटिएर हटाएको थियो भने २ लाख १५ हजार एप्सलाई गोपनियता उलंघन गरेकोमा हटाएको जानकारी दिएको छ ।

हाल एपिक गेम्स र एप्पलबिच मुद्धामा सुनुवाई भईरहेको छ जहाँ एपिक गेम्सले उसको एप स्टोर सञ्चालनमा असफल भएको र एकाधिकार कायम गरेको आरोप लगाएको छ । एजेन्सीका साथ

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार