ह्याकरहरुद्वारा अमेजनको यूरोपेली प्रतिस्पर्धी ग्लोभोमा साइबर हमला

  • Technology Khabar | २८ बैशाख २०७८, मंगलवार
ह्याकरहरुद्वारा अमेजनको यूरोपेली प्रतिस्पर्धी ग्लोभोमा साइबर हमला

काठमाडौं ।

यूरोपको अमेजनका रुपमा स्थापित हुने उद्देश्यले एक महिना अघि मात्र ५३ करोड डलर थप लगानी गर्ने घोषणा गरेको ग्लोभोमा ह्याकरहरुले अनधिकृत पहुँच राखेका छन्।

अमेजनले झैं सबैथोक डेलिभर गर्ने ई-कमर्स साइटले आफ्नो समग्र लगानी १ अर्ब डलर पुर्याउने र केही वर्षपछि पब्लिकमा जाने बताएको थियो।

होल्ड सेक्युरिटीका संस्थापक तथा मुख्य प्राविधिक अधिकारी एलेक्स होल्डेनले ग्लोभोमाथि हमला भएको फोर्ब्सलाई जानकारी गराएका हुन्।

होल्ड सेक्युरिटीले डार्क वेबका हानिकारक ह्याकरका बारेमा अनुगमन गर्ने गर्दछ।

उनले ग्लोभोका एकाउन्ट व्यवस्थापन गर्न प्रयोग भएका कम्प्युटरका भिडियो र स्क्रीनशट कुनै ह्याकरले पोस्ट गरेको देखेपछि फोर्ब्सलाई खबर गरेका थिए। त्यसबाहेक एक यूजरले आफू कम्पनीको कर्मचारी भएको र आफ्नो कम्प्युटरमा कसैले अनधिकृत पहुँच बनाएको पक्का गरेपछि यसका बारेमा मंगलबार कम्पनीलाई आधिकारिक जानकारी गराइएको थियो।

सोमबार ग्लोभोले आफ्नो सिस्टम ह्याक भएको र समस्या समाधान भैसकेको बताए पनि ह्याकरले कम्पनीको आईटी सिस्टम नै बिक्रीमा राखेको बुझिएको छ।

‘गएको अप्रिल २९ तारिखमा कुनै अपरिचित व्यक्तिले हाम्रो एउटा सिस्टममा अनधिकृत पहुँच राखेको बताइएको थियो’, कम्पनीका एक प्रवक्ताले भने। ‘उक्त व्यक्तिले पुरानो एड्मिन प्यानल इन्टरफेशमार्फत् पहुँच बनाएको थियो। उक्त गतिविधि थाहा हुनासाथ हामीले थप डाटामा पहुँच रोक्न यसलाई ब्लक गरेका थियो। हामी यस सम्बन्धमा छानबिन गरिरहेका छाैं र कुनै उपभोक्ताका कार्डका विवरण नचोरिएको पनि प्रस्ट पार्न चाहन्छाैं।’

कम्पनीले एईपीडी नामको स्पेनी डाटा सुरक्षा निकायलाई सम्पर्क गरेको छ। ग्लोभोका प्रवक्ताका अनुसार कुन प्रकृतिको हमला भएको । यसबाट कस्ता डाटा प्रभावित भएको भन्ने यकिन भन्न नसक्ने बताएका छन्।

होल्डेनले सोमबार ह्याकरहरुले अझै ग्लोभो सिस्टममा पहुँच रहेको भन्दै जानकारी आइरहेकाले आफू चिन्तित रहेको फोर्ब्सलाई बताएका छन्।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार