सामसङले जेड सिरिजमा चिनियाँ एटीएलको ब्याट्री प्रयोग गर्ने

  • Technology Khabar | २६ बैशाख २०७८, आईतवार
सामसङले जेड सिरिजमा चिनियाँ एटीएलको ब्याट्री प्रयोग गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो आउँदै गरेको फोल्डेबल सिरिजमा चिनियाँ कम्पनी एम्पेरेक्स टेक्नोलोजी लिमीटेड एटीएलको ब्याट्री प्रयोग गर्ने भएको छ।

कम्पनीले यसै वर्षको अन्त्यतिर ग्यालेक्सी जेड फोल्ड ३ तथा ग्यालेक्सी जेड फ्लिप २ सार्वजनिक गर्ने योजनामा रहेको छ।

सामसङले फोल्डेबल फोनमा चिनियाँ ब्याट्री प्रयोग गरेको यो पहिलो पटक हुनेछ। कम्पनीले सन् २०१७ मा ग्यालेक्सी नोट ७ मा आगलागी भएपछि एटीएल लगायतका चिनियाँ कम्पनीका ब्याट्री प्रयोग गर्न बन्द गरेको थियो।

तर पछि सामसङले ग्यालेक्सी २१एस सिरिजलगायतमा उक्त कम्पनीको ब्याट्री प्रयोग गरिसकेको छ। कम्पनीले आफ्ना फोल्डेबल फोनमा आफ्नै लगानीयुक्त एसडीआईको ब्याट्रीमात्रै प्रयोग गर्दै आएको छ।

कम्पनीले मूल्य कम गर्न तथा आफ्ना आपूर्तिकर्ताहरुको विविधताका लागि एटीएलसँग काम गर्न लागेको हो। कम्पनीले ग्यालेक्सी एस सिरिजबाहेक ग्यालेक्सी ए, ग्यालेक्सी एम, ग्यालेक्सी वाच तथा ग्यालेक्सी बडहरुमा यी ब्याट्री प्रयोग गरिसकेको छ।

ती ब्याट्रीहरु जापाको टीडीके कम्पनीको प्रविधियुक्त भएको बुझिएको छ।

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २६ बैशाख २०७८, आईतवार

NOC from Nagarik App

  • २६ बैशाख २०७८, आईतवार

E-pension verification system launched

  • २६ बैशाख २०७८, आईतवार