अनर ट्याब्लेट एक्स७ मा ८ इन्चको स्क्रीन र ५१०० एमएएच ब्याट्री रहने

  • Technology Khabar | २५ बैशाख २०७८, शनिबार
अनर ट्याब्लेट एक्स७ मा ८ इन्चको स्क्रीन र ५१०० एमएएच ब्याट्री रहने

काठमाडौं ।

अनरले ट्याब्लेट एक्स७ नामको नयाँ स्मार्ट ट्याब्लेट ल्याउने भएको छ। यो ट्याब्लेटमा मिडियाटेकको हिलियो पी२२टी एसओसी चिपसेट रहनेछ भने यसमा एन्ड्रोइड १० मा आधारित म्याजिक यूआई ४.० दिइनेछ।

अनर ट्याब्लेट एक्स७ मा ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेज दिइएको छ। यसलाई माइक्रो एसडीको सहायताले ५१२ जीबीसम्म विस्तार गर्न सकिनेछ।

यसको अगाडिपट्टि ८ इन्चको १२००x८०० पिक्सेल रेजोल्युशनको एलसीडी प्यानल दिइएको छ भने लामो समय पढ्दा वा यसमा हेर्दा आँखाको थकान हटाउन ई-बुक मोड पनि दिइएको छ।

यो स्मार्ट ट्याब्लेटको अगाडि २ मेगापिक्सेलको सेल्फी तथा पछाडिपट्टि ५ मेगापिक्सेलको अटो फोकससहितको क्यामारा राखिएको छ।

प्रकाशित: २५ बैशाख २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २५ बैशाख २०७८, शनिबार