ताजा समाचार

टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु
Global IME Bank

छोटो भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकमा राख्न भिडियो बनाउने क्रममा लडेर उदयपुरका एकजनाको ज्यान गएको छ । कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान ५ का १८ वर्षीय सुभास परियार भएको प्रहरीले जनाएको छ ।

धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो ।

सोही सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माध्यम

Sajilo Visa
easy care