एरिक्सनले सामसङसँगको पेटेन्ट इजाजतपत्र सम्बन्धी विवाद मिलायो

  • Technology Khabar | २४ बैशाख २०७८, शुक्रबार
एरिक्सनले सामसङसँगको पेटेन्ट इजाजतपत्र सम्बन्धी विवाद मिलायो

काठमाडौं ।

एरिक्सनले सामसङसँगको ग्लोबल पेटेन्ट इजाजतपत्र सम्बन्धी बहु-वर्षिय सम्झौतामा पुगेको बताएको छ ।

सामसङसँगको विवादका कारण भएको स्विडेनी टेलिकम उपकरण निर्माताको पहिलो त्रैमासको राजस्वमा परेको असरलाई अन्त्य गरेको छ । एरिक्सनले दोस्रो क्वाटरमा पेटेन्ट इजाजतपत्रबाट हुने राजस्व २ अरब स्वीडिश क्राउनबाट बढेर २.५ अर्ब स्वीडिश क्राउन हुने अपेक्षा गरेको रोयटर्सले उल्लेख गरेको छ।

क्रस इजाजतपत्र सम्झौताले सन् २०२१ को जनवरी १ देखि नेटवर्क पूर्वाधार र ह्यान्डसेटको बिक्रीलाई कभर गरिएको कम्पनीको विज्ञप्तीमा उल्लेख छ । सो सम्झौताले दुबै कम्पनीहरूले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार आयोग समक्ष र धेरै देशहरूमा दायर चलाएको मुद्दा समाप्त गर्नेछ। कम्पनीहरूले गोपनीयता उल्लेख गर्दै सम्झौताको सर्तहरू खुलाउन अस्वीकार गरे।

गत डिसेम्बरमा, एरिक्सनले सामसङको बिरूद्ध संयुक्त राज्य अमेरिकामा रोयल्टी भुक्तानीको विषयमा मुद्दा दायर गरेको थियो ।

कम्पनीले आफ्नो पेटन्ट राजस्व प्रभावित हुनुमा खारेज भएका पेटेन्ट सम्झौता नवीकरण रोकिनु, ह्यान्डसेट बजारमा भू-राजनीतिक प्रभाव, फोरजीबाट फाइभजीमा टेक्नोलोजी परिवर्तन, र सम्भावित मुद्रा प्रभावलगायतका कारक रहेको बतायो।

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...