डेस्कटप र मोबाइलमा भिडियोका शीर्षक आफैं अनुवाद हुने फिचर परीक्षण गर्दै युट्युब

  • Technology Khabar | २३ बैशाख २०७८, बिहीबार
डेस्कटप र मोबाइलमा भिडियोका शीर्षक आफैं अनुवाद हुने फिचर परीक्षण गर्दै युट्युब

काठमाडौं ।

एन्ड्रोइड पुलिसले बाहिर ल्याएको जानकारी अनुसार युट्युबको डेस्कटप र मोबाइल भर्सन शीर्षक आफैं अनुवाद हुने अप्शन देखाउन थालेको प्रयोगकर्ताहरुले बताएका छन्।

यस फिचर अनुसार यूजरले हेर्दै गरेका भिडियोका शीर्षक, विवरण तथा क्लोज्ड क्याप्शनहरु सबै आफैं सम्बन्धित भाषामा अनुवाद हुनेछन्।

यस्तो फिचरसहितको युट्युब पेजको स्क्रीनशट एन्ड्रोइड पुलिसलाई पठाएका यूजरहरुले यस्तो सुविधा युट्युबमा प्राथमिक भाषा पोर्चुगिज, स्पेनिस वा टर्किश भएकाका लागि मात्र उपलब्ध भएको बताएका छन्।

उपलब्ध गराइएका भिडियोमा अनुवादित शीर्षकका अगाडि एउटा सानो अनुवाद बटन रहेको देखिएको छ। यो फिचर विशेषगरी अंग्रेजीमा भएका भिडियोहरु अन्य भाषामा अनुवाद गर्दा धेरै भन्दा धेरै श्रोता-दर्शककोमा पुग्ने र गैर अंग्रेजी भाषीले पनि धेरैभन्दा धेरै भिडियोमा पहुँच राख्ने आकलन गरिएको छ।

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार