
काठमाडौं ।
द इन्फर्मेशनमा आएको एक रिपोर्ट अनुसार गुगल स्टाडियाका उपाध्यक्ष तथा हेड अफ प्रडक्ट जोन जस्टिसले कम्पनी छाडेका छन्।
गुगलले एक विज्ञप्तिमार्फत् आफूलाई जस्टिसको बिदाइको आधिकारिक जानकारी आएको ९टू५ गुगललाई बताएका छन्।
पत्रमा जोन अब गुगल कम्पनीमा नरहेको र कम्पनी उनको आगामी यात्राका लागि शुभकामना दिन चाहने उल्लेख गरिएको छ।
जस्टिसले स्टाडियामा उपभोक्ता अनुभवका बारेमा जिम्मेवारी सम्हालेको र गुगल स्टाडियाको भविष्यमा पनि चिन्तित हुने गरेका थिए।
माइक्रोसफ्ट र सोनीको अत्याधुनिक भिडियो गेम कन्सोलसँगको कडा प्रतिस्पर्धा र अन्य क्लाउड स्ट्रिमिङ प्लेटफर्मको स्थापनासँगै गुगल स्टाडियाले आफ्ना नयाँ यूजरहरुको ध्यान आकृष्ट गर्नका लागि प्रवर्द्धन र अफरहरुमार्फत् गुगल स्टाडिया क्लाउड गेमिङ खरिद गर्न अपिल गर्न थाल्यो।
गएको फेब्रुअरीमा गुगलले ठूलो मात्रामा भिडियो गेम विकास गर्ने प्रतिबद्धतालाई छोडेर आफ्नो स्टाडिया गेम स्टुडियो बन्द गर्ने घोषणा गरेको थियो।
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार