
काठमाडौं ।
अनलाइन फुड डेलिभरी सेवा दिईरहेको फुडमाण्डूले आफ्नो अनलाइन फूड डेलिभरी सेवा अस्थाईरुपमा रोकेको छ । कम्पनीले आज सोशल मिडियामार्फत आफ्नो सबै सेवाहरु रोकिएको जानकारी दिएको हो ।
कम्पनीले कोभिड १९ महामारीले गर्दा हाल जारी भएको निषेधाज्ञापछि अत्यावश्यक ग्रोसरी सामानहरु मात्र आपूर्ति गर्दै आएको थियो । तर अहिले सो सेवा पनि बन्द भएको बताएको छ ।
‘हामी अनलाइन डेलिभरी सेवाको बारेमा स्पष्ट निर्देशन र गाईडलाइन अधिकारीहरुबाट कुरीरहेका छौं,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ‘हामी सो निर्देशनहरु आएसँगै र हाम्रा सवारी साधनहरु स्पष्टरुपमा संचालन गर्न पाएमा आफ्नो डेलिभरी सेवा पुन शुरु गर्नेछौं ।’
कम्पनीका ब्राण्ड, सेल्स एण्ड माकेर्टिंग म्यानेजर श्याम मालीले डेलिभरी सेवामा हिजोदेखि अवरोध आएको जानकारी दिए ।
‘हामीलाई हिजोदेखि अवरोध गरिएको र राइडरहरुलाई पनि होल्ड गरिएको हुँदा सो समस्या समाधान नभएसम्म सबै सेवाहरु रोकेका हौं,’ उनले भने, ‘यस बारेमा छलफल भईरहेपनि कहिलेदेखि सुचारु हुने हो थाहा छैन् ।’
#StayHomeStaySafe ???? pic.twitter.com/0UoaSelJdo
— Foodmandu (@foodmandu) May 4, 2021
यसअघिदेखि नै डेलिभरी सेवालाई अवरोध गरिएको भन्दै इकमर्श व्यापार संघले अपिल जारी गरिसकेको छ । जसमा डेलिभरी सेवा अहिलेको समयमा सुरक्षित र अत्यावश्यक भएको भन्दै सहज गरिदिन आग्रह गरिएको छ ।
यो पनि हेर्नुस्-
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार