यूरोपमा वन प्लसको बिक्री र आम्दानी चार गुणा बढ्यो

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
यूरोपमा वन प्लसको बिक्री र आम्दानी चार गुणा बढ्यो

काठमाडौं ।

यूरोपमा वन प्लसको बिक्री यो वर्षको पहिलो त्रैमासमा निकै उच्च दरले बढेको छ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा स्मार्टफोन बिक्रीमा ३३८ प्रतिशतले वृद्धि भएको र यसबाट कम्पनीको कमाइ २८६ प्रतिशतले बढेको जनाएको छ।

कम्पनीको बिक्री तथा आम्दानीमा यस प्रकारको बढोत्तरीको ६५ प्रतिशत हिस्सा नयाँ ९ सिरिज लगायतका फ्ल्यागशिप मोडलहरुका कारणले भएको जनाइएको छ।

सार्वजनिक भएको दिन वनप्लस ९ प्रो अमेजन फ्रान्स तथा स्पेनमा सर्वाधिक बिक्री भएको थियो। तर मध्यम स्तरको नर्ड सिरिजले कम्पनीको बिक्री र नाफामा महत्वपूर्ण योगदान दिँदै आएको छ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२० को अन्तिम त्रैमासमा वनप्लस नर्ड फिनल्याण्डमा सर्वाधिक बिक्री भएको थियो। यसबाट कम्पनी २५० देखि ४०० डलरसम्म मूल्य भएका स्मार्टफोनको सूचीमा अग्रणी स्थानमा परेको थियो।

डेनमार्कमा यो २५० देखि ४०० डलरसम्मको फाइभजी सेगमेन्टमा अग्रणी बनेको थियो। यी दुवै देशमा वनप्लसले शाओमी र ह्वावेलाई पछि पार्न सफल भएको थियो।
यो वर्षको पहिलो त्रैमासमा वनप्लसले उत्तरी र पश्चिमी यूरोपबाट ३० प्रतिशत कमाइ थपेको थियो।

विश्वका जम्मा १ करोडमध्ये हाल यूरोपमा ३० लाखभन्दा बढी वन प्लस यूजरहरु रहेका कम्पनीले जनाएको छ।

यसो हुनुमा ४०० देखि ५०० डलर सेगमेन्टको फाइभजी सेटको बिक्री, स्थानीय खुद्रा व्यापारी तथा अमेजन, एलिसा, टेलिया तथा डच टेलिकमजस्ता सेवा प्रदायकहरुसँगको साझेदारी, नयाँ बजार विस्तार तथा नयाँ उत्पादन थपिनुको कारण रहेको बुझिएको छ।

अब कम्पनीले मे ३ मा यी ठाउँहरुमा वनप्लस ८टी तथा नर्ड उपलब्ध गराउने भएको छ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १७ बैशाख २०७८, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १७ बैशाख २०७८, शुक्रबार

NOC from Nagarik App

  • १७ बैशाख २०७८, शुक्रबार

E-pension verification system launched

  • १७ बैशाख २०७८, शुक्रबार