ह्वाट्सएपमा डिस्अपिएरिङ फिचरको म्याद २४ घण्टामा झर्दै, परीक्षण जारी

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
ह्वाट्सएपमा डिस्अपिएरिङ फिचरको म्याद २४ घण्टामा झर्दै, परीक्षण जारी

काठमाडौं ।

ह्वाट्सएपले आफ्नो डिस्अपियरिङ फिचरको समय घटाउने भएको छ। डब्लूएबिटाइन्फोका अनुसार कम्पनीले यसबारे परीक्षण गरिरहेको छ।

यो फिचरको फाइदा

डिस्अपिएरिङ फिचरको सबैभन्द ठूलो फाइदा ग्रुप च्याटका बेला हुनेछ। जुन ग्रुपमा मानिसले लगातार च्याट गर्छ त्यसमा मेसेजको सङ्ख्या बढ्दै जान्छ। ग्रुप च्याटमा भएका कुरा यूजरले डिलिट गर्न सक्दैन।

यस्तो बेला च्याट डिलिट नभएका कारण ह्वाट्सएप नै ह्याङ हुन थाल्छ। मेसेज धेरै भएर मिडिया फाइलका कारण फोन पनि स्लो हुन सक्छ।

पहिले पहिले मेसेज डिस्अपिएरिङका लागि ह्वाट्सएपको ग्रुप एडमिनसँग कन्ट्रोल रहन्थ्यो भने केही समयपछि कम्पनीले आईओएसका लागि पनि नयाँ अपडेट निकालेपछि ग्रुपका सबै सदस्यले यसमा कन्ट्रोल गर्न सक्ने भएका हुन्।

ह्वाट्सएपले मेसेज मात्र नभइ डिस्अपिएरिङ फोटोमा पनि परीक्षण गरिरहेको छ।

यसरी गर्नुस् डिस्अपिएरिङ फिचरको सेटिङ

  • जुन व्यक्तिसँगको वा च्याट ग्रुपमा यो फिचर प्रयोग गर्ने हो त्यसलाई ओपन गर्नुस्
  • अब च्याटको प्रोफाइलमा जानुस् वा कन्ट्याक्ट/ग्रुपको नाममा ट्याप गर्नुस्
  • यहाँ तलपट्टि डिस्अपियरिङ मेसेज को अप्शन देखिनेछ। त्यसमा ट्याप गर्नुस्
  • यहाँ ट्याप गरिसकेपछि ‘कन्टिन्यु’ को अप्शन आउँछ, त्यसलाई पनि ट्याप गर्नुस्
  • अब उक्त कन्ट्याक्ट वा ग्रुपका लागि यो फिचर सेट हुन्छ। यसको नोटिफिकेशन च्याट बक्समा देख्न सकिन्छ।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार