५ हजार एमएएच ब्याट्री क्षमताको मोटोरोला जी२० सार्वजनिक

  • Technology Khabar | १४ बैशाख २०७८, मंगलवार
५ हजार एमएएच ब्याट्री क्षमताको मोटोरोला जी२० सार्वजनिक

काठमाडौं ।

मोटोरोलाले हालै मोटो जी सिरिजको नयाँ सदस्य मोटो जी२० सार्वजनिक गरेको छ।

इन्ट्री लेभल डिभाइसका रुपमा आएको यो स्मार्टफोनमा ९० हर्ज रिफ्रेश रेटसहितको एचडी+ रेजोल्युशन भएको ६.५ इन्चको एलसीडी डिस्प्ले दिइएको छ। यसमा १३ मेगापिक्सेलको वाटरड्रप नच सेल्फी क्यामरा राखिएको छ।

यूनिसोक टी७०० चिपसेट राखिएको यस फोनमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज दिइएको छ भने यसलाई माइक्रो एसडी कार्डमार्फत् बढाउन सकिने बताइएको छ।

यसको पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्य क्यामरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड तथा २-२ मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर दिइएका छन्।

इन्ट्री लेभल डिभाइस भए पनि यसमा शक्तिशाली ५००० एमएएच क्षमताको १० वाट चार्जिङ सपोर्टसहितको ब्याट्री राखिएको छ भने यसको अपरेटिङ सिस्टम एन्ड्रोइड ११ रहेको छ।

मोटो जी२० ब्रीज ब्लु तथा फ्लेमिङ्गो पिंक गरी दुई रंगमा उपलब्ध हुनेछ। यसैगरी यसको शुरुवाती खुद्रा मूल्य १४९ यूरो तोकिएको छ। कम्पनीले यो हप्ताको अन्त्यतिर बजारमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...