पर्पल आईफोन १२ तथा एयरट्यागको प्रि-अर्डर खुला, अप्रिल ३० मा हात पर्ने

  • Technology Khabar | १४ बैशाख २०७८, मंगलवार
पर्पल आईफोन १२ तथा एयरट्यागको प्रि-अर्डर खुला, अप्रिल ३० मा हात पर्ने

काठमाडौं ।

पर्पल आईफोन १२, आईफोन १२ मिनी तथा स्मार्ट एयरट्यागको प्रि बुकिङ खुलेको छ।

एप्पलले आफ्नो बहु प्रतीक्षित पर्पल आईफोन १२ तथा नयाँ स्मार्ट एयर ट्यागको प्रि अर्डर गर्नेलाई आगामी अप्रिल ३० तारिखमा डिभाइस डेलिभरी गर्ने योजना बनाएको छ।

एप्पलले यसलाई सार्वजनिक गर्ने समय दिउँसो १२ बजे यूटीसी भनेर तोकेकाले विश्व बजारमै एकैपटक लैजाने योजना रहेको बुझिन्छ। उक्त समयमा अमेरिका र क्यानडामा बिहान, बेलायत र यूरोपमा दिउँसो  तथा अस्ट्रेलिया र न्यूजिल्याण्डमा बेलुका हुन्छ।

पर्पल आईफोन १२ तथा १२ मिनीको मूल्य अन्य रंगहरुको जस्तै ७५० र ६५० डलर तोकिएको छ। यस्तै एयरट्यागको एउटाको ३० डलर र ४ ओटा भएको प्याकेट लिँदा १०० डलरमा उपलब्ध हुनेछ।

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Nepal certifies first cohort of Driving Naari Nepal

  • Technology Khabar
  • १४ बैशाख २०७८, मंगलवार