ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्धारा सीटी सफारी यातायातका अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
ग्लोबल आइएमई बैंक गाईघाट शाखाद्धारा सीटी सफारी यातायातका अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ।

बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका थिए।

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ ।

सात प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई बैंकले सेवा दिइरहेको छ।

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार