हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु

  • Technology Khabar | १३ बैशाख २०७८, सोमबार
हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु

काठमाडौं ।

हिमालयन बैंक एससिटी युनियनपे कार्ड सेवा सुरु भएको छ। हिमालयन बैंक र युनियनपेको सहकार्यमा यो सेवा सुरु भएको हो। सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ।

विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायका लागि भारत जानेका लागि उक्त कार्डबाट भुक्तानी सहज हुने बताइएको छ।

निकट भविष्यमा बैंकसँगको सहकार्यमा त्यस कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने युनियन पेका प्रतिनिधिले जानकारी दिए।

हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनितिक साझेदार भएर सन् २०१० देखि सञ्चालनमा रहेको छ।

उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १३ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार