असुसको जेनफोन ८ सिरिज मे १२ मा सार्वजनिक हुने

  • Technology Khabar | १२ बैशाख २०७८, आईतवार
असुसको जेनफोन ८ सिरिज मे १२ मा सार्वजनिक हुने

काठमाडौं ।

असुसले आगामी मे १२ मा जेनफोन ८ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गर्ने भएको छ।

कम्पनीले काउन्टडाउनको समय राखेर सार्वजनिक गरेको एउटा पोस्टरमा ‘बिग पर्फर्मेन्स, कम्प्याक्ट इन साइज’ लेखिएको छऽ

उक्त इभेन्टमा असुसले जेनफोन सिरिजका तीनवटा स्मार्टफोन सार्वजनिक गर्ने र तीमध्ये सबैभन्दा सानो ५.९ इन्चको हुने बुझिएको छ र यसलाई जेनफोन मिनी नाम दिइएको छ।

ताइवानको कम्पनी असुसले आगामी डिभाइसलाई ‘कम्प्याक्ट साइजमा उत्कृष्ट प्रदर्शन’ गर्न सक्ने हिसाबले अपेक्षा गर्न सकिने जनाएको छ।

प्रदर्शनका हिसाबले कुरा गर्दा यसमा कम्तीमा पनि स्न्यापड्रागन ८८८ चिपसेट रहनेछ भने साइजका हिसाले हेर्दा जेनफोन मिनीलाई लिन सकिन्छ जुन ५.९ इन्चको साइजको रहने यसअघिका विवरणहरुमा उल्लेख गरिसकिएको छ।

प्रकाशित: १२ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...