Technology Khabar १० बैशाख २०७८, शुक्रबार
काठमाडौं ।
सामसङले भारतमा रहेको आफ्नो प्लान्टबाट ओएलईडी प्यानल उत्पादन गर्न शुरु गरेको छ।
दक्षिण कोरियाको सञ्चारमाध्यम द इलेकले जनाए अनुसार उक्त प्लान्टमा उत्पादित प्यानल सामसङ इलेक्ट्रोनिक्सलाई भारतमा बेचिने स्मार्टफोनमा प्रयोग गर्नका लागि आपूर्ति गरिने जनाइएको छ।
बजार अनुसन्धान संस्था क्यानालिसिसका अनुसार शाओमी ४ करोडभन्दा बढी थान सेट बेचेर २८ प्रतिशत बजार हिस्सा ओगटेको थियो।
यसैगरी २ करोड ८६ लाख थान सेटसहित सामसङले २० प्रतिशत तथा २ करोड ६९ लाख थान सेटसहित भिभोले १९ प्रतिशत बजार ओगटेको प्रतिवेदनमा उल्लेख छ।
सामसङले सन् २०१९ मा भारतको नोइडामा डिस्प्ले उत्पादन गर्ने कारखाना स्थापना गरेको थियो। उक्त कारखानाबाट स्मार्टफोनका लागि आवश्यक ओइलईडी प्यानलको उत्पादन थालेको थियो।
सामसङ इलेक्ट्रोनिक्सले नोएडामा सन् २०१८ मा स्मार्टफोन उत्पादन गर्ने प्लान्ट राखेको थियो।
कम्पनीको भियतनाममा रहेको प्लान्ट अहिलेसम्मकै सबैभन्दा ठूलो हो भने अब भारतको नोएडाको प्लान्टबाट पनि उत्पादनमा थप सहयोग भएको छ।
गएको अक्टोबरमा भारत सरकारले सामसङ, फक्सकन तथा स्थानीय स्मार्टफोन सेट र अन्य सामग्री उत्पादन गर्ने १६ कम्पनीलाई ४ खर्ब ९५ करोड भारुको सहयोग गर्ने घोषणा गरेको थियो। उक्त सहयोगका लागि शाओमी, भिभो तथा ओपोलगायतका चिनियाँ कम्पनीले भने आवेदन दिएका छैनन्।
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार